चितवन, ११ साउन । चितवनको माडीमा घरायासी विवादका क्रममा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएर एक पुरुषले आत्महत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय माडीका अनुसार गएराति एकआपसमा झगडा गर्ने क्रममा श्रीमतीलाई खुर्पाले हानेर घाइते बनाएका ३३ वर्षीय धने विकले आइतबार बिहान आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
माडी नगरपालिका–९ प्याउलीका विकले २९ वर्षीया श्रीमती शोभा विकलाई विवादका खुर्पा प्रहार गरेको सो क्रममा रोक्न खोज्दा श्रीमतीको हातका औंला तथा कुहिनामा चोट लागेको जनाइएको छ । श्रीमानले कुट्न थालेपछि उनी नजिकै माइतमा गएर बसेकी र बिहान उठेर प्रहरीमा उजुरी गर्छु भनेको थाहा पाएपछि उनी झुन्डिएको बनाइएको छ । घाइते अवस्थामा रहेकी शोभाको प्राथमिक स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।
मृतक धनेको शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।