कुर्सीको लागि विवाद हैन, विचारको बहस गरौंः मुख्यमन्त्री पोखरेल

shankar-pokharel

काठमाडौँ, ११ साउन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद कुर्सीको लागि केन्द्रीत भएको बताउनुभएको छ ।

पार्टी भित्र विचारको बहस हुनु स्वभाविक भएको उल्लेख गर्दै उहाँले कुर्सीको लागि भइरहेको विवादलाई विचारको बहसको रुपमा रुपमान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेकपाको स्थायी कमिटीका सदस्य समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले विचारको बहस गर्न पनि महाधिवेशनमा जानुपर्ने उल्लेख गर्दै अवको नेकपाको एकमात्र रणनीति एकताको महाधिवेशन गरी कुर्सीको लागि नभई विचारको बहसलाई लिई अघि बढ्नुको कुनै विकल्पन नभएको उल्लेख गर्नुभयो ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उहाँले भन्नुभएको छ, ‘विचारको बहसका लागि एकता महाधिवेशनको विकल्प छैन । अहिलेको विवाद कुर्सीमा केन्द्रित देखियो । यसलाई विचारको बहसमा रुपान्तरण गरौं ।’

कसैको इसारामा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट केपी ओलीको अर्का अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठलयातले राजिनामा मागिएसँगै पार्टीभित्र कुर्सी र पदको लागि चरम विवाद भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । शिवपुरी गाउँपालिका आफैंले ८ बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोभिड १९ का बिरामी राख्नका

काठमाडौँ, १५ असोज । कोरोना कहरको मौका छोपेर राजधानीमा कालोबजारी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । लगातार अनुगमन

काठमाडौँ, १५ असोज । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा

काठमाडौँ, १४ असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल तथा नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत Saeed Hamdan Al-Naqbi ले