मालपोतलाई स्थानीय तहमा लैजाने प्रक्रिया सुरु

काठमाडौँ, ११ साउन । जग्गा प्रशासन र भू–सेवा सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ । सरकारले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमै ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो ।

संविधानमा मालपोत स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने उल्लेख छ । यस अघिसम्म मालपोत कार्यालयले गर्दै आएको जग्गा प्रशासन सम्बन्धी तथा भू–सेवा सम्बन्धी काम स्थानीय तहले गर्नेछन् । मालपोत कार्यालय कलङ्कीले आफ्नो कार्य क्षेत्रभित्र पर्ने काठमाडौँंका नागार्जुन, कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरि र काठमाडौंँ महानगरका वडा १३, १४ र १५ का पाँच÷पाँच कर्मचारीलाई जग्गा प्रशासन र भू–सेवा सम्बन्धी तालिम प्रदान गरेको छ ।

उक्त पाँचवटा नगरपालिकाका पाँच÷पाँच कर्मचारीलाई तालिमको प्रमाणपत्र प्रदान गरी सेवा स्थानीय तहलाई हस्तान्तरण प्रक्रिया सुरु गरिएको कलङ्की मालपोत कार्यालयले जनाएको छ । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले संविधानमा उल्लिखित अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया कलङ्की मालपोत कार्यालयबाट सुरु भएको बताए ।

उनले जग्गा प्रशासन र भू–सेवा सम्बन्धी काम स्थानीय तहमा हस्तान्तरण भएसँगै संविधानमा उल्लिखित अधिकार, सरकारको नीति र कार्यक्रम कार्यान्वयन गर्ने कार्य सुरु भएको बताए । कलङ्की मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत टेकराज अर्यालले मालपोतको अधिकार स्थानीय तहमा गइसकेपछि मालपोत कार्यालयले नियमित रूपमा स्थानीय तहको काममा समन्वयको काम गर्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका

काठमाडौँ, ३ बैशाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरूले केपी ओली नेतृत्व सरकारको विरोध गर्नुपर्ने कारण

shankar-pokharel

काठमाडौँ, ३ बैशाख । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालेइतरका राजनीतिक दलहरू अविश्वास प्रस्तावको कसरतमा जुटेका छन् । वर्तमान मुख्यमन्त्री

काठमाडौँ, ३ बैशाख । नेपाल विद्युत् प्राधिकरणले अब भारतको खुल्ला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटबाट विद्युत् किन्न पाउने भएको छ । 

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021