काठमाडौँ, ११ साउन । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ६ लाख ४७ हजार ५९४ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ६१ लाख ८९ हजार ६११ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ९९ लाख ७ हजार २८ जना उपचारपछि घर फर्किएका छन् ।
चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ४९ हजार ३९४ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ८६ हजार ४९६ जना, बेलायतमा ४५ हजार ७३८ जना, मेक्सिकोमा ४२ हजार ६४५ जना र इटालीमा ३५ हजार १०२ जनाको मृत्यु भएको छ ।
हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ४३ लाख १५ हजार ६७८ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा २३ लाख ९६ हजार ४३४ जना, भारतमा १३ लाख ८५ हजार ४९४ जना, रसियामा ८ लाख ६ हजार ७२० जना र दक्षिण अफ्रिकामा ४ लाख ३४ हजार २०० जनामा संक्रमण देखिएको छ ।
हालसम्ममा अमेरिकामा २० लाख ६१ हजार ४५८ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १६ लाख १७ हजार ४८० जना, भारतमा ८ लाख ८६ हजार २३५, रसियामा ५ लाख ९७ हजार १४० र चिलीमा ३ लाख १६ हजार १६९ जना उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै नेपालमा संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या १३ हजार ५३ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४५ जना पुगेको छ ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।