अनियमिता र भ्रष्टाचारको पराकाष्ट: मेलम्ची गेटले एक तिहाइ पानी पनि थेग्न सकेन

काठमाडौँ, ११ साउन । मेलम्ची खानेपानीको सुरुङ परीक्षण गर्दा पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुत्किएको अध्ययनबाट देखिएको छ । सुरुङमा पानी पठाउँदा एक्कासि पानी खुलेपछि प्रवेशद्वारको नटबोल्ट फिटिङमा गम्भीर त्रुटि भएको हुनसक्ने अनुमान गरिएको छ । कुल क्षमताको एक तिहाइ पानीको दबाब गेटले थेग्न नसकेपछि मेलम्चीको पानीको प्रतीक्षा गरेका राजधानीवासीले अझै केही महिना धैर्य गर्नुपर्ने भएको छ ।

सो घटनापछि पानी पथान्तरणको काम हाल स्थगित भएको छ । हेडबक्स निर्माणको काम भइरहेको तर पथान्तरणको काम अध्ययन समितिले प्रतिवेदन दिएपछि सुरु हुने खानेपानी मन्त्रालयले जनाएको छ । प्रवेशद्वारको डिजाइन र प्रवेशद्वार फिटिङमा समस्या रहेको हुनसक्ने अध्ययन समितिको प्रारम्भिक आकलन छ ।

खानेपानी मन्त्रालयले सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा प्राविधिक तथा इन्जिनियर सहितको अध्ययन समिति बनाएको थियो । समिति स्थलगत अध्ययन गरी फर्किएको छ । समितिका संयोजक दुवाडीले नटबोल्ट फिटिङमा केही समस्या हो कि ? गेट फिटिङ गर्दा राम्रोसँग नकसिएको हो कि भन्ने कुरा छ । हामी दुई/चार दिनमै प्रतिवेदन सार्वजनिक गर्दैछौँ भन्नुभयो ।

सुरुङ भित्रको ५२ मिटर उचाइ सम्मको पानीको दबाब थेग्न सक्ने क्षमताको प्रवेशद्वार जडान गरिएको थियो तर १६ मिटर उचाइको पानीमै प्रवेशद्वार खुल्नु आश्चर्यजनक भएको दुवाडीको भनाइ छ । गेटको क्षमता, गेट जडानको अवस्थाका बारेमा अध्ययन गरिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021