काठमाडौँ, १० साउन । थप १०९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज डोटीमा १३, सुर्खेत र सप्तरीमा ११/११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६/६ जना र दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४/४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैचडीमा ३/३ जना, काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २/२ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा एकएक जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार आज १०६ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १३ हजार ५३ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४५ जना पुगेको छ ।