काठमाडौँ, १० साउन । भरुवा बन्दुक पड्किएर उदयपुरमा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरको लिम्चुङबुङ गाउँपालिका–५ जातेमा आफ्नै घरमा भरेर राखेको बन्दुक पड्किँदा स्थानीय विद्याराज राईको मृत्यु भएको हो ।
सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।