व्यवस्थित र प्रभावकारी बन्दै भक्तपुरको यातायात कार्यायल

भक्तपुर, १० साउन । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण समस्यामा परेको अधिकांश सरकारी तथा गैर सरकारी संंस्थाहरु क्रमिक रुपमा गति लिने क्रममा रहेका छन् । कोरोनाले प्रत्यक्ष रुपमा समस्या पैदा गरेको क्षेत्र मध्ये यातायात क्षेत्र पनि एक मुख्य हो ।

यसैक्रममा भक्तपुरको जगतीमा रहेको यातायात व्यवस्था कार्यालयले भनि लगकडाउनको समय समाप्तीसँगै ग्राहकलाई व्यवस्थित र प्रभावकारी बन्दै गएको छ । कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गरिरहेको छ । कार्यालयले लाईसेन्सको परिक्षा बाहेकका अन्य सेवाहरु प्रवाहलाई व्यापकता दिएको छ । जसमा सवारी पास, पहिले टायल पास गरेकालाई लाईसेन्सको वितरण, कागजात नविकरणलगायतका यातायात क्षेत्रमा दैनिक रुपमा अनिवार्य प्रयोग गरिने कार्यहरुलाई निरन्तरता दिएको छ ।

सेवाग्राहीलाई कुनै पनि समस्या नहोस् भनि भौतिक दुरी समेत कायम गरी कामलाई उच्च प्राथमिकता दिई जनताको सेवामा समर्पित भइरहेको छैठौं स्तरका अधिकृत लक्ष्मी भण्डारीले बताउनुभयो । उहाँका अनुसार जगाती कार्यालयले नविकरण, पहिलेका लाईसेन्स वितरणलगायतका कार्यहरु निरन्तर गरिरहेको छ ।

त्यस्तै हाल सञ्चालनमा रहेको भाडाको भवन कार्यालय सञ्चालनको लागि उपयुक्त नभएको र त्यसलाई व्यवस्थित गर्न सांसद महेश बस्नेतको पहलमा सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुमा कार्यालयको लागि नगरपालिकाले जग्गाको व्यवस्थापन गर्ने कार्य गरिरहेको र उक्त स्थान कार्यालयको लागि उपयुक्त हुने कार्यालय प्रमुख शसी शेखर महर्जनले बताउनुभयो । महर्जनका अनुसार कार्यालयमा सेवाग्राहीको अत्याधिक चाप हुने भएकाले उक्त भवनमा रही व्यवस्थित सेवा प्रवाह गर्न कठिन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । आज बजार मापक नेप्से परिसूचक ४.७८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार

काठमाडौँ, १५ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

काठमाडौँ, १५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस