नेपाल भारत सीमामा गोली चल्यो

रौतहट, १० साउन । परोहा नगरपालिका-८ नरकटियाको नेपाल भारत सीमा क्षेत्रमा झडप भएको छ ।

सीमा क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुमाथि भारतीय पक्षले हातपात गरेपछि झडप हुदा भीडलाई तितरवितर बनाउन एक राउण्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल ११ नम्बर गणले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन १० चैत, २०७६ देखि सीमा नाका बन्द छ । तर भारतीय महिलाहरु घाँस काट्न नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरी बलका जवानहरुले रोकेका थिए । तर उनीहरुले सुरक्षाकर्मीमाथि हातपात गर्न खोजेपछि विवाद भएको थियो । त्यस क्रममा भारतको पूर्वी चम्पारण कवैया पञ्चायत ६ खर्सलाहाका सीमा देवी कुशवाहाले आफूले बोकेको हसिया प्रहार गर्दा सशस्त्र प्रहरीका एक जवान घाइते भएका छन् ।

घटनाले उग्ररुप लिएपछि ११ नम्बर गण हेडक्वाटरबाट ५० जना र ईलाका प्रहरी कार्यालय मौलापुरबाट ३५ जना सुरक्षाकर्मीको टोली परिचालन भएको थियो । सशस्त्र प्रहरी बल २ छिन्नमस्ता बाहिनीका डीआईजी कृष्णभक्त ब्रहृमचार्य समेत घटनास्थल पुगेका थिए ।

घटनमा संलग्न भारतीय नागरिक रविन्द्र प्रसाद कुशवाहालाई पक्राउ गरी प्रहरी चौकी, नरकटियामा राखिएको थियो । अहिले सीमाक्षेत्रको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । मेगा बैंकको क्यूआर कोड सेवा जोरपाटीको तरकारी बजारमा सुरु गरिएको छ। डिजिटल भुक्तानीलाई प्रवर्धन गर्ने उद्देश्यले

काठमाडौँ, ५ बैशाख । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, ५ बैशाख । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ४ बैशाख । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021