लकडाउन खुकुलो भएसँगै संक्रमित बढे, भीडभाडसँगै कन्ट्याक्ट ट्रेसिङमा सकस

काठमाडौँ, १० साउन । लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन् । कोरोना संक्रमितको संख्या १८ हजार नाघे पनि संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ सुस्त गतिमा गरिएकाले जोखिम अत्यधिक बढेको हो ।

लकडाउन खुकुलो भएपछिको अवधिमा मात्रै संक्रमितको संख्या १२ हजार १ सय ६३ पुगेको छ । पहिलोपटक गत १ असारमा लकडाउन खुकुलो भएको थियो । गत ७ साउनदेखि सरकारले लकडाउन पूर्ण रूपमा हटाएको छ । पछिल्ला दुई दिनमा २ सय ८० जनामा संक्रमण देखिएको छ । लकडाउन खुकुलो हुँदा भौतिक दूरी कायम नहुने र संक्रमितसँग सम्पर्क हुन सक्ने भएकाले जोखिम बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरूको विश्लेषण छ ।

मुख्यतः काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरू गुड्न थालेका छन् । ती सवारी साधनमा चढ्ने यात्रुहरूको विवरण राखिएको छैन । जसले गर्दा यात्रुमध्ये कुनै व्यक्तिलाई संक्रमण भइहाले वा संक्रमण देखिएमा उनीहरूको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट टे«सिङ थप जटिल हुने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमितको संख्या बढ्दै गएकाले थप चुनौती देखिएको बताए । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021