रुपन्देही, ९ साउन । रुपन्देहीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मायादेवी गाउँपालिका-६ बेथरीकी ४० वर्षकी इन्द्रा पासवानको टेबुल पंखामा करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएकी उनको उपचारको लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।