काठमाडौँ, ९ साउन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।
बिहीबार खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । पहिरो खस्ने क्रम जारी रहेको र पहिरो ठूलो भएकाले कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने प्रहरीले जनाएको छ ।
सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो ।