एजेन्सी, ९ साउन । विश्वमा नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ३९ हजार ७०६ जनामा संक्रमित भएको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ६ लाख ३५ हजार ५९७ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ९५ लाख २८ हजार ४३३ जना पुगेको छ ।
हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ४१ लाख ६९ हजार १५३ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ ।
अहिलेसम्म ब्राजिलमा २२ लाख ८९ हजार ९५१ जना, भारतमा १२ लाख ८८ हजार १३० जना, रसियामा ७ लाख ९५ हजार ३८ जना र दक्षिण अफ्रिकामा ४ लाख ८ हजार ५२ जनामा संक्रमण देखिएको छ ।
कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ४७ हजार २९७ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ८४ हजार २०७ जना, बेलायतमा ४५ हजार ५५४ जना, मेक्सिकोमा ४१ हजार १९० जना र इटालीमा ३५ हजार ९२ जनाको मृत्यु भएको छ ।
हालसम्ममा अमेरिकामा १९ लाख ७९ हजार २७ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १५ लाख ७० हजार २३७ जना, भारतमा ८ लाख १७ हजार ५९३, रसियामा ५ लाख ८० हजार ३३० र चिलीमा ३ लाख ११ हजार ४३१ जना उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १८ हजार २४१ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना संक्रमणमुक्त रहनेको संख्या १२ हजार ८४० पुगेको छ भने ४३ जनाको मृत्यु भईसकेको छ ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।