अख्तियारको फन्दामा तल्लो तहका कर्मचारी नै बढी

काठमाडौँ, ९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तल्लो तहका कर्मचारीलाई रंगेहात पक्राउ गर्ने गरेको पाइएको छ । ठूलो माछा उम्काएर सानो माछाको पछि लाग्ने गरेको आरोप लाग्ने अख्तियारले गरेको स्ट्रिङ अपरेशनले तल्लो तहका कर्मचारी रंगेहात फेला पर्ने गरेको तथ्य भेटिएको हो ।

विस्तृत अध्ययनमा समेत तल्लो तहकै कर्मचारीले अनियमितता र भ्रष्टाचार गर्ने गरेको अभियोगमा बिशेष अदालतमा मुद्धा दर्ता हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आफ्नो कार्यक्षेत्रमा गत आर्थिक वर्ष ०७६/७७ मा बिशेष अदालतमा पेश भएका ९६ जना विरुद्धको मुद्धामध्ये ६१ जना तल्लो तहका कर्मचारी छन् । यसमध्ये अधिकृत तहका २० जना र नासु सरहका ४१ जना कर्मचारी छन् ।

प्रगति प्रतिवेदन सार्वजनिक गर्न विहिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा एक वर्षको अवधिमा बिशेष अदालतमा आरोप लागेका मध्ये अधिकांश तल्लो तहका कर्मचारी रहेको तथ्यांक सार्वजनिक गरिएको हो । २६ वटा स्ट्रिङ अपरेशनमध्ये रंगेहात घुस सहित पक्राउ पर्नेमा सबैभन्दा धेरै खरिदार र सो सरहका कर्मचारी ८ जना छन् । स्ट्रिङ अपरेशनबाट घुस सहित पक्राउ पर्नेमा दोस्रो तहमा अधिकृत सरहका ७ र नायव सुब्बा सरहका पनि ७ जना कर्मचारी छन् । यसैगरि ३ जना वडाअध्यक्ष, २ जना प्रधानाध्यापक, श्रेणी विहिन ६ जना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक र अन्य ५ जना गरि ४० जनालाई रंगेहात घुस सहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त

काठमाडौँ, ५ बैशाख । गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् । आज राष्ट्रिय सभा सचिवालयले गृहमन्त्री थापालाई राष्ट्रिय सभा सदस्य

काठमाडौँ, ५ बैशाख । नयाँ सत्ता समीकरणमा लगभग सहमतिनजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको

काठमाडौँ, ५ बैशाख । प्रतिनिधिसभा विघटन बदर र नेकपाको अस्तित्व मेटिएसँगै उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021