उपत्यका भित्रका १८ वटै नगरको एकीकृत विकास गृहकार्य सुरु

काठमाडौँ, ९ साउन । काठमाडौँ उपत्यका भित्रका १८ वटै नगरको एकीकृत विकास गर्न सहरी पूर्वाधार निर्माण गर्ने गरी आन्तरिक गृहकार्य सुरु भएको छ ।

उपत्यकाभित्रका नगरको साधनस्रोत र जनशक्ति एकीकृत रूपमा परिचालन गरी आर्थिक साझेदारीमा एकीकृत कार्ययोजना निर्माण गर्न आन्तरिक गृहकार्य सुरु गरिएको हो ।

काठमाडौँ र ललितपुर महानगरपालिकासँगै उपत्यकाका १८ वटै नगरको प्राकृतिक, सांस्कृतिक, भौगोलिक अवस्था समान भएकाले सबै नगरलाई एउटै भूगोल मानी एकीकृत विकासको कार्ययोजना तयार गर्न लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

हाल काठमाडौँमा महानगरसहित ११, ललितपुरमा महानगरसहित तीन र भक्तपुरमा चारवटा नगरपालिका छन् । छवटा स्थानीय तह भएको ललितपुरमा तीनवटा गाउँपालिका छन् । ती गाउँपालिकालाई एकीकृत विकासमा समेटिएको छैन ।

काठमाडौँ र ललितपुर महानगर भौगोलिक रूपमा सानो भए पनि बाक्लो बस्तीले व्यवस्थित सहरीकरणमा समस्या छ । दुई महानगरबाहेक अन्य १६ वटा नगरपालिकामा खेतीयोग्य जमिन, खुला क्षेत्र, वन लगायतका भूगोल धेरै भएकाले ती क्षेत्रमा व्यवस्थित सहरीकरण निर्माण गर्न आन्तरिक गृहकार्य सुरु गरिएको काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण आर्यालले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ

काठमाडौँ, ५ बैशाख । बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा मेसीको दुई

काठमाडौँ, ४ बैशाख । त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले

काठमाडौँ, ४ बैशाख । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021