आज कहाँकहाँ थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, ८ साउन । थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएसगै हालसम्म संक्रमितको संख्या १८ हजार २४१ रहेको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै कञ्चनपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका २४, पर्साका १७, मोरङका ८, सप्तरी र डोटीका ७/७ जना, काठमाडौं र सुर्खेतका ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।

पर्वत र रुपन्देहीका ३/३ जना, धनकुटा, सुनसरी, सिराहा, भक्तपुर, ललितपुर, कास्की, डडेलधुरा र कैलालीका २/२ जना तथा झापा, महोत्तरी, स्याङ्जा, नवलपरासी, सल्यान र बझाङका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । उनीहरुमध्ये ४३ जनाको मृत्यु भएको छ भने १२ हजार ८४० जना निको भएका छन् । त्यस्तै मन्त्रालयका अनुसार थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १२ हजार ८४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021