तीन बालक मृत अवस्थामा फेला  

झापा, ८ साउन । केही दिनदेखि बेपत्ता तीन जना बालक मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार  भद्रपुर नगरपालिका–२ मा रहेको सिमसार क्षेत्रमा १० वर्षीय अंकुश तामाङ, १४/१५ वर्षका करण थामी र उनका भाइ ११/१२ वर्षका अर्जुन थामी मृत अवस्थामा फेला परेका हुन् ।

मृतकमध्ये तामाङको शव बुधबार फेला परेको थियो भने बिहीबार बिहान थप दुई जनाको शव भेटिएको हो । प्रहरीका अनुसार खोजी तथा उद्दारमा १ नं. प्रदेश विपद व्यवस्थापन गुल्म, चन्द्रगढीबाट समेत टोली परिचालित भएको थियो । तीनै जना बालक घरबाट खेल्न जान्छु भनेर निस्किएका थिए । थप कानूनी प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका