काठमाडौँ, ८ साउन । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा थप नयाँ ५ जनामा कोरोन संक्रमण पुष्टि भएको हो । योसगै गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या १३५० पुगेको छ ।