कुलेखानीमा पानीको सतह बढ्याे

काठमाडौँ, ८ साउन । लगातारको वर्षापछि कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेको छ । जलाशय क्षेत्रमा परेको अविरल वर्षाका कारण बुधबार दिउँसोसम्ममा सतह बढेर समुद्री सतहबाट एक हजार ५१५.३६ मिटर पुगेको जनाइएको छ ।

कुलेखानी जलविद्युत् आयोजनाको पहिलो, दोस्रो र तेस्रो आयोजना पूर्ण रूपमा सञ्चालन हुँदा प्रतिघण्टा दुई सेन्टिमिटर पानीको सतह बढेको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख रामकुमार यादवले जानकारी दिए ।

उनका अनुसार आयोजनाबाट विद्युत् उत्पादन नहुँदा जलाशयमा प्रतिघण्टा आठ सेन्टिमिटर पानीको सतह बढ्छ । यो वर्ष आइतबारबाट अधिक पानी पर्दा जलाशयमा प्रतिघण्टा २० सेन्टिमिटरसम्म पानीको सतह बढेको थियो ।

गत वर्ष यही समयमा जलाशयमा पानीको सतह समुद्री सतहबाट एक हजार ५२६.२५ मिटर पुगेको थियो । जलाशय क्षेत्रमा गत वर्ष यो वर्षभन्दा बढी वर्षा भएकाले पानीको सतह बढी रहेको बताउँदै आयोजना प्रमुख यादवले यो वर्ष पनि जलाशयमा पानी जम्मा हुने क्रम राम्रो रहेको बताए ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित आयोजनाको जलाशय इन्द्रसरोवर तालको समुद्री सतहबाट एक हजार ५३० मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमताको छ । सात मिटर लम्बाइको जलाशयमा आइतबार अनुपातमा मङ्गलबार जलाशयको सतह साढे तीन मिटर पानी बढेको थियो । मङ्गलबार साँझ ८ः०० बजेसम्म पानीको सतह एक हजार ५१४ मिटर ५३ सेन्टिमिटर पुगेको थियो ।

कुलेखानी जलविद्युत् आयोजनाको पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट उत्पादन क्षमता छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।  पहिलो टी–२०

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड