भारतीय ज्यादती : नेपाली भूभाग लिम्पियाधुरातर्फ पनि भारतीय सडक

काठमाडौँ, ८ साउन । भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढंगले बनाइरहेको छ ।

कोरोना महामारीकै मौकामा भारतले सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले गुन्जी–जोलिङकाङ सडक निर्माणलाई तीव्रता दिएको हो ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग तवाघाटबाट लिपुलेक हुँदै मानसरोवर जाने सडक वैशाख २६ गते मात्रै उद्घाटन गरेका थिए । त्यसपछि धार्मिकस्थल आदि कैलाश जानका लागि सडक बनाइरहेका भारती दैनिक पत्रिका अमर उजालाले हालै लेखेको छ । त्यो सडक नेपाली भूमि गुन्जी, नाभी, कुटी हुँदै जान्छ ।

३४ किलोमिटर ट्र्याक खोल्ने काम सकिएको समाचारमा उल्लेख छ । ‘बीआरओले तवाघाट–लिपुलेक सडक लिंक गरेपछि गुन्जीबाट जोलिङकाङसम्मको ट्र्याक खोल्ने (कटिङ) को काम पूरा गरेको छ’, अमर उजाला लेख्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । आज संविधान

  काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस  तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष

काठमाडौँ, ३ असोज । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ ।