लोकतान्त्रीक आन्दोलनका कहिल्यै नअस्ताउने योद्धा ‘क. पुष्पलाल’

मनकुमारी जिसी

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव, नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता क. पुष्पलालको ४२औं स्मृति दिवसको उपलक्ष्यमा हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । २०३५ साल साउन ७ गते जनताको मुक्ति र समाज रुपान्तरणको कार्यभार छाडेर गएको दिन उहाँ कहिल्यै नअस्ताउने गरि कम्युनिष्ट आन्दोलनको आरम्भ गरि जनताको शुखमयि जीवनका लागि समर्पित विचारलाई छाडेर भविष्यको मार्गचित्र सुम्पेको दिन थियो ।

यो दिन त्यसैले पनि चिरस्थायी छ । उहाँ नेपाली क्रान्तिको सिद्धान्तकारको रुपमा लिईन्छ । नौलो जनवादी क्रान्तिको सिद्वान्तलाई नेपाली भुमिमा प्रयोगमा ल्याउन मार्गनिर्देशित कुशल नेर्तित्वकर्ता कमरेड पुष्पलालको योगदानको उच्च सम्मान गर्नु पर्दछ । उहाँले नेपाली समाजलाई सहि दिशामा लैजान सहि ढङ्गले वर्ग विश्लेषण गरि सम्पूर्ण श्रमजीवी, मजदुर किसान, निम्न पुँजिपति वर्गका व्यापक समुदायहरु र तमाम देशभक्तहरु तथा लोकतान्त्रिक शक्तिहरु नेपाली क्रान्तिका मित्रशक्ति हुन भन्ने कुरालाई सुस्पष्ट रुपले अगाडि ल्याउनु भयो ।

उहाँको विचारमा आवश्यक परे कम्युनिष्ट आन्दोलन भित्र आवश्यकता भन्दा बढि नै बैचारिक बहस हुने गरेको दोषारोपण छ । कहिलेकाही अन्त्यहिन विवाद पनि हुने गर्दछ । मुल विषयलाई छाडेर तपसिलका विषयहरुमा बढि विवाद गर्ने गरेको पनि पाईन्छ । तर, हुनुपर्ने कुरा कुन हो भने तत्कालीन समयको मुख्य समस्या के हो ? सामाजिक र राजनीति विकासको बाधक के हो ? प्रहारको निशाना केहो ? मुख्य भरोसा गर्नु पर्ने वर्ग कुन हो । नेर्तित्वदायि शक्ति कुन हो । सहयोगि शक्ति कुन हो यी कुराहरु पहिल्याउनु पर्छ । सामाजिक र राजनीति विकासको बाधक को हो ?

राजनीति सरल रेखामा मात्र बग्दैन बाङ्गोटिङ्गो बाटो पनि हिड्नु पर्दछ । जनताको मुक्तिको खातिर संघर्ष गर्नु पर्दछ । हामी आदिम समाजबाट दास समाजमा, दास समाजबाट सामन्ती समाजमा सामन्ती समाजबाट पुँजिपति समाजमा पुँजिपति समाजबाट समाजवादी समाजमा अगाडि बढ्ने अबिश्रान्त यात्रा जारि राखेर सबै सुखि र खुशि हुने अवस्था ल्याउनु पर्दछ भन्ने विचारका साथ नेपाली माटोमा कम्युनिष्ट शक्तिलाई बलियो बनाउँदै लैजान दिशानिर्देश गरेको पाईन्छ ।

उहाँको सबै भन्दा ठूलो योगदान नेपाल कम्युनिष्ट पार्टीको स्थापना नै हो । जनताको साचो मुक्तिका लागि देखाएको संघर्षमयि यात्रा नै हो । वलिदान र योगदानले अभिप्रेरित समर्पित जीवन नै हो । कमरेड पुष्पलालले नेपालको कम्युनिष्ट आन्दोलन मात्र होईन, सपङ्गो नेपाली समाजलाई दिएको अर्को महत्त्वपूर्ण योगदान भनेको ईतिहासको खोज, अनुसन्धान, अध्ययन र लेखन पनि रहेको पाईन्छ ।

नेपाली समाजको ईतिहासको विश्लेषण ऐतिहासिक द्वन्दात्मक भौतिकवादी ढ्ङ्गले गर्नुपर्छ भन्ने प्रष्ट दृिष्टकोणसहित अध्ययन अनुसन्धानमा लाग्नु भएको पाईन्छ । यसरी अध्ययन गर्दा र उहाँलाई स्मृतिद्वारा साचो सम्मान गर्नका लागि हामी साचो रुपमा परिवर्तनको पक्षमा दरिलो आट शाहस र धैर्यताका साथ उभिनु आजको अपरिहार्यता हो ।

प्रतिनिधिसभा सदस्य, बाग्लुङ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ साउन । थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै बाँकेमा

काठमाडौँ, २६ साउन । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन

काठमाडौँ, २६ साउन । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ मात्र

काठमाडौँ, २६ साउन । पुतली सडकको शंकरदेव क्याम्पस अगाडि एक घरमा आगलागी भएको छ । घरमा रहेको एक कार्यालयबाट आगो