नेकपा स्थायी कमिटी बैठकले गर्यो ७ वटा महत्वपूर्ण निर्णयहरु (सूचीसहित)

काठमाडौँ, ६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले वर्षायाम सुरु भएसँगै प्राकृतिक विपत्तीसम्बन्धी ७ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले ७ वटा निर्णयहरु गरेको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी दिनुभयो ।

यस्ता छन् निर्णयहरु,

१. स्थायी कमिटीको यो बैठक प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना,
२. प्राकृतिक विपत्तिको यस अवस्थालाई ध्यानमा राख्दै उद्दार र राहतका कामलाई अझ प्रभावकारी बनाउन,
३. घाइतेहरूको निःशुल्क र भरपर्दो उपचारको प्रबन्ध गर्न,
४. घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको प्रबन्ध गर्न,
५. अभिभावक गुमाएका बालबालिकाहरूको संरक्षणका लागि विशेष प्रबन्ध गर्न सरकारको गंभीर ध्यानाकर्षण गर्दछ,
६. क्षतिग्रस्त सडक तथा पुलहरु तत्काल मरम्मत गरी आवागमन चालु गर्न आग्रह गर्दछ ।
७. सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवं युवा विद्यार्थीहरूमा प्राकृतिक विपत्तिका बेला स्वयंसेवी भावनाका साथ उद्दार, राहत र पुनस्र्थापनाका काममा परिचालित हुन आह्वान गर्दछ ।

सल्लाहकार थापाका अनुसार, ‘गत २०७७ साल जेठ ३० गते मनसुन सुरु भए यता भएको लगातारको बर्षाका कारण देशमा विभिन्न भूभाग बाढी, पहिरो र डुबानबाट आक्रान्त भएका छन् । बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण साउन ६ गतेसम्म २३३ जनाको ज्यान गएको छ, ९८ जना ब्ेपत्ता भएका छन् भने ९९ जना घाइते भएका छन् । २८२ भन्दा बढी घरहरू पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । सयौँ परिवार घरबारब्हिीन र ब्स्थिापित भएका छन् । तराईका विभिन्न भूभागहरू डुबानमा परेका छन् । राजमार्ग र अन्य सडक तथा पुलहरु क्षतिग्रस्त हुँदा आवागमन अवरुद्ध भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।