प्रदेशसभा भवन अगाडि फेला परेका बम सेनाबाट डिस्पोज

काठमाडौँ, ६ साउन । सुदूरपश्चिमका ३ मन्त्रालय र प्रदेशसभा भवन अगाडि फेला परेका तीन बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

सेनाको बम डिस्पोजल टोलीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा भवन नजिक फेला परेका २ वटा कुकर बम डिस्पोज गरेको हो ।

ती बम नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले राखेको हुनसक्ने अनुमान गरिएको छ । आज विप्लब नेतृत्वको नेकपाले सुदूरपश्चिम बन्दको घोषणा गरेको छ। उसले आफ्ना सुदूरपश्चिम प्रदेश इन्चार्जसहित दर्जनौं कार्यकर्तालाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै रिहाइको माग सहित बन्द आव्हान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाबीच शिष्टाचार भेटवार्ता भएको छ । सचिव श्रृङ्गलाले आज

काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र  भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाबीच शिष्टाचार भेटवार्ता भएको छ  । आज नेपाल

काठमाडौँ, ११ मंसिर । थप १६ सय १४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख २७ हजार

पोखरा, ११ मंसिर । गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिकामा तीन मोटरेबल पुल एकैसाथ शिलान्यास गरिएको छ । प्रदेशका मुख्यमन्त्री