कोशी ब्यारेजका ४६ वटा ढोका खोलियो, स्थानीयलाई सतर्क रहन आग्रह

काठमाडौँ, ६ साउन । अविरल वर्षाका कारण सप्तकोशीमा पानीको वहाव बढेको छ । सप्तकोशीमा पानीको बहाव बढेसँगै सप्तरी र सुनसरीको सिमानामा अवस्थित कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । जलस्तर बढेर बाँध भत्काउने र वस्तीमा पस्ने खतरा भएसँगै ढोका क्रमशः खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

मंगलबार गरिएको मापनअनुसार सप्तकोशीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९९० क्युसेक पुगेको छ । ब्यारेज प्रशासनका अनुसार सप्तकोशीमा २ लाख क्युसेक प्रतिसेकेन्डभन्दा पानीको वहाबको स्तर माथि पुगे खतरा मानिन्छ ।

सप्तरी र सुनसरीका सप्तकोशी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डडेल्धुरा, ११ मंसिर । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ खैरोडामा एक महिलामाथि सामूहक बलात्कार भएको छ । बुधबार राति स्थानीय ३० वर्षकी

नवलपरासी पूर्व, ११ मंसिर । मध्यबिन्दु नगरपालिका-८ भागडा बस्ने तिलकराम योगी थारुको घरमा कौडा खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ

दाङ, ११ मंसिर । दाङमा गोली लागेको अवस्थामा एक पुरुष वेवारिसे अवस्थामा फेला परेका छन् । बुधबार राति साढे १०

काठमाडौँ, ११ मंसिर । सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका