कोरोना भ्याक्सिन बनाउने वैज्ञानिकलाई डब्ल्यूएचओको बधाइ

एजेन्सी, ६ साउन । कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) स्वागत गरेको छ ।

भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइसमेत दिएको छ । जेनेभामा एक प्रेस कन्फ्रेन्समा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक रेयानले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिँदै भने, ‘यो सकारात्मक परिणाम हो । तर अझै लामो यात्रा तय गर्न बाँकी छ ।’ उनले ठूलो संख्यामा परीक्षण गर्नुपर्ने पनि बताएका छन् ।

यसैगरी डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले कुनै पनि सफल भ्याक्सिन सबै देशका नागरिकले पाउनु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आज बिहीबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । xchange Rate

काठमाडौँ, ११ मंसिर । कोभिड–१९ का कारण विश्वभर अर्थतन्त्रमा समस्या आएका बेला नेपालमा रेमिटेन्स आयमा देखिएको सुधारले सरकारलाई सजिलो बनाएको

काठमाडौँ, ११ मंसिर । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता