विभाग भर्दै देउवा, पौडेल असन्तुष्ट

काठमाडौँ, ६ साउन । पार्टीको महाधिवेशन प्रक्रिया सुरु भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय विभागलाई क्रियाशील बनाउन थालेका छन् । असन्तुष्ट पक्षको विरोधका बाबजुद विभागलाई पूर्णता दिने काम सुरु भएको छ ।

१४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि कुनै पनि नियुक्ति वा मनोनयन गर्न नपाइने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग छ । चार वर्षे कार्यकाल सकिन दुई दिनअघि मात्रै देउवाले ४८ मध्ये २० विभाग गठन गरेका थिए ।

त्यतिबेला विभागको संयोजक मात्रै तोकेका उनले अहिले विभागलाई पूर्णता दिन सदस्य मनोनयनको कामलाई तीब्रता दिएका हुन् । देउवाले सोमबार केन्द्रीय महिला विभागमा सचिवसहित ३८ सदस्य मनोनित गरेका छन् । उनले सचिवमा पार्टीको महासमिति सदस्य एवं नेपाल तरुण दल नेतृ लक्ष्मी खतिवडालाई मनोनित गरेका छन् ।

विभाग संयोजकमा भने ईश्वरी न्यौपानेलाई अघिल्लो वर्ष १९ फागुनमा मनोनयन गरेका थिए । पछिल्लो एक सातामा मात्रै देउवाले तरुण विभाग र खेलकुद विभागमा पनि दुई दर्जन बढी सदस्य मनोनित गरेका छन् ।

महाधिवेशनको मिति तोकिसकेपछि सभापति देउवाले विभाग गठन, विभिन्न समिति र विभागलाई पूर्णता दिने काम गरेको भन्दै बिहीबार पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका थिए । उनीहरूले ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने विधानको व्यवस्थाविपरीत सभापति देउवाले विभाग गठन गरेको आरोप लगाउँदै आएका छन् ।

पौडेलले महाधिवेशन प्रभावित पार्ने गरी सभापतिले विभागमा सदस्य मनोनित गरेको आरोप लगाए । ‘यो तदर्थ समिति भइसक्यो । सभापतिज्यूलाई अब कार्यकारी अधिकार प्रयोग गर्ने अधिकार विधानले दिएको छैन । उहाँले जथाभावी गर्न पाउनुहुन्न’, पौडेलले अन्नपूर्णसँग भने । तर देउवाले भने विभागमा असन्तुष्ट समूहका नेताकार्यकर्तालाई पनि जिम्मेवारी दिएर उल्टै दबाब दिएका छन् ।

कांग्रेस विधानमा एउटा विभागमा संयोजकसहित ५१ सदस्य रहने व्यवस्था छ । सबै विभाग गठन भए करिब २५ सय नेताकार्यकर्ताले भूमिका पाउँछन् तर पार्टीभित्र भागबण्डा नमिल्दा चार वर्षसम्म विभाग गठन हुन सकेनन् । देउवाले फागुन दोस्रो साता २० विभाग गठन गरे पनि तिनहरूले पूर्णता पाएका छैनन् । २० वटै विभागलाई चाँडै पूर्णता दिने गरी नाम संकलनको कार्य भइरहेको संस्थापननिकट एक केन्द्रीय पदाधिकारीले बताए । यो समाचार आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार साँझ फिल्म ‘द रेड सुटकेस’ हेरेका छन् । छोरी मानुषी भट्टराईसँगै

काठमाडौँ, २ बैशाख । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ले देशैभर आक्रामक व्यापार गरेको छ । शुक्रबार र शनिबार फिल्मले

काठमाडौँ, २ बैशाख । फिल्म ‘द रेड सुट्केस’ पछिल्लो समय बलियो ‘वर्ड अफ माउथ’ पाउने फिल्म बनेको छ । नयाँ

मुम्बई, २ बैशाख । अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ । आज बिहान ५ बजे मोटरसाइकलमा