ब्राजिलमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ८० हजार नघ्याे

एजेन्सी, ६ साउन । दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा काेराेना संक्रमण दर बढेसँगै दैनिक मृत्यु संख्या समेत बढिरहेकाे छ । हाल विश्वमै काेराेना संक्रमणबाट सर्वाधिक दैनिक मृत्यु ब्राजिलमै देखिएकाे छ । संक्रमणका केसमा भने अमेरिका अघि देखिएकाे छ ।

ब्राजिलमा साेमबार एकै दिन २१ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेकाे छ भने ७ सय १८ जनाकाे मृत्यु भएकाे  वर्ल्डाेमिटर्सले जनाएकाे छ । यससँगै ब्राजिलमा काेराेना संक्रमित कुल संख्या २१ लाख २१ नाघेकाे छ ।

अहिलेसम्म काेराेनाबाट मृत्यु हुनेकाे कुल संख्या पनि ८० हजार ९९ पुगेकाे छ । यद्यपि ब्राजिलमा कुल संक्रमितमध्ये १४ लाख १३ हजारभन्दा बढी मानिसचाहिँ निको भइसकेका छन् । साेमबार मात्र एकै दिनमा त्यहाँ ३९ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बैतडी, १३ मंसिर । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ ।  कोरोनाको जोखिम बढ्दै गएको

काठमाडौँ, १३ मंसिर । रुपन्देही, कपिलवस्तु र गोरखा एक-एक गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल

कालीकोट, १३ मंसिर । जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको

रुकुम पश्चिम, १३ मंसिर । आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शुक्रबार साँझ