बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्लामा उच्च सतर्कता

काठमाडौँ, ६ साउन । अविरल वर्षा सुरु भएसँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्ला उच्च सतर्कतामा रहेका छन् । पहाड हँुदै तराई पुग्ने नदी र स्थानीय नदीमा आउने बाढी र वर्षाको पानीले डुबानको विपत्ति आउने गरेको छ ।

तराईमा परेको हालको पानीले सामान्य डुबान सुरु भए पनि ठूलो क्षति गरेको छैन । कोसी, कमला, बाग्मतीलगायत सीमा क्षेत्रमा बाँधिएका बाँधका कारण स्थानीय नदीको बहावले बस्ती डुबानमा पार्ने खतरा उच्च छ । जसका लागि सबै जिल्लावासी, जिल्ला विपद् व्यवस्थापन समितिका उद्धारकर्ता उच्च सतर्क छन् ।

मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन वर्षा निरन्तर रहने जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले भारीदेखि मध्यम वर्षा हुने क्रम जारी रहेकाले कोसी, नारायणी, कमला, महाकाली, राप्ती, स्थानीय खोला लगायतका नदीको बहावले सतर्कता तह पार गर्न सक्ने भएकाले सतर्क रहन भनेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यका अनुसार तिलाठी क्षेत्र र बलान क्षेत्रमा कटान सुरु भएको छ । उनका अनुसार पश्चिम कोसीमा बढ्दो नदी सतह, अरुण र तमोर नदीको बाढीको बहाव सतर्कता तहतिर बढ्दै गर्दा चिन्ता बढेको छ ।

कोसीको भारतीय सीमा क्षेत्रमा भएको बाँधको कमजोर भागमा मर्मत सम्भार भइरहेको छ । भारतीय पक्षले आफ्नै व्यवस्थापनमा काम गरिरहेकाले नेपाल पक्षबाट आफूहरूले निगरानी गरिरहेको जानकारी उनले दिए । सप्तरीमा पानीको निकास नहुँदा बर्सेनि सहर र गाउँ डुबान हुने गरेको छ । तिलाठी र कोइलाठीतिर भारतीय सीमाको भूमि उच्च छ । नेपालतिर खाल्डो छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा