हनुमन्ते कोरिडोर बनाउन बाधा गर्नेका कारण भक्तपुरमा डुवान शुरू: बस्ती खतरामा

भक्तपुर, ५ साउन । वर्षायाम शुरु भएसँगै भक्तपुरको हनुमन्ते नदी आसपासका क्षेत्रहरु डुवानमा पर्न शुरु भएका छन् । वर्षायाम सुरु भयो हनुमन्ते नदी आसपासका स्थानीयवासीको पिडाको दिन सुरु हुन्छ । भक्तपुरको विकास मेरुदण्डको रुपमा हेरिएको उपत्यकाकै महत्वकाक्षी परियोजना मध्यको हुनुमन्ते कोरिडोर निर्माणको काम तिब्र गतिमा अघि बढ्नु पर्ने स्थानीयहरुको भनाइ रहेको छ ।

प्रायः प्रत्येक वर्ष वर्षायाम सुरु भएसँगै भक्तपुर जिल्लामा समस्याको रुपमा पैदा हुने हनुमन्ते नदीको करिडोर निर्माणको क्रम रोकिएसँगै स्थानीयवासी त्रासमा रात दिन विताउन बाध्म मात्र छैनन् की घरमै हनुमन्तेको पानीले मानविय तथा भौतिक क्षती समेत हुन सक्ने जोखिम अत्याधिक बढेको छ । बस्तीमा खतरा भएसँगै भक्तपुरका सम्पूर्ण सुरक्षा निकायहरु उद्धार तथा राहतको लागि तयारी अवस्थामा रहेको रहेको जनाइएको छ ।

नेपालकै एक उदाहरणीय तथा तिव्र गतिको साथ निर्माणको क्रममा रहेको करिडोर केही जनप्रतिनिधिकै कारण रोकिएको स्थानीयवासीले गुनासो गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा कोरिडोर निर्माणले तिव्रता पाएको थियो तर अन्य केही जनप्रतिनिधि तथा सिमित स्वार्थ बोकेका केही व्यक्तिले गर्दा कोरिडोर आसपासका हजारौं जनताको स्वतन्त्रतापूर्वक बाच्न पाउने अधिकार समेतलाई बञ्चित गराउँदै छन् ।

एकातिर विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम व्यहोरि रहनु परेको अवस्थामा वर्षायाम सँगै हनुमन्तेमा आएको वाढीले त्रासमा जीवन विताउनुपर्ने अवस्थाको अन्त्य गर्न कोरिडोर निर्माणलाई रोक्ने जनप्रतिनिधि किन मैन छन् रु विकास रोक्ने केही जनप्रतिनिधिकै कारण जसले गर्दा स्थानीयवासीको समस्या समाधान हुन सकेको छैन ।

विगत केही दिन अघिबाट अविरल पर्न थालेको वर्षासँगै भक्तपुरमा डुवानको त्रास शुरु भइसकेको छ । हिजोदेखी निरन्तर परिरहेको पानीका कारण आज नै नदीको आसपास जलमग्न भइसकेको छ । राधेराधे, सुन्दरवस्ती, चारदोबाटो, कौशलटारको सागबारी, कौशलटार, रेयुकाई, राममन्दिर र बुढाथोकीटोल र बालकोट जोड्ने पुलको तल्लो भाग लगाएतका धेरै स्थानहरु बाढीका कारण डुवानमा पर्ने गरेका छन् ।

बर्षा लाग्नु भन्दा अगाडी खोलामा पर्खाल लगाएर हनुमन्तेखोलालाई नियन्त्रण गरिनुपर्ने स्थानीयवासीहरुको माग रहेको थियो । सांसद बस्नेतको पहलमा कोरिडोर निर्माणको लागि रु दुई अर्व रकम समेत विनियोजन भएको छ । भक्तपुरको विकासलाई प्राप्य यती ठूलो रकम केही स्वार्थ बोक्ने जनप्रतिनिधिकै कारण कामले गति लिन सकेको छैन । जसको प्रत्यक्ष मारमा भने स्थानीयवासी परेका छन् । कोरिडोर निर्माण भइसकेको ठाउँहरुमा डुवानको समस्या खासै नहुने देखिएको छ । तर पूर्ण रुपमा निर्माण सम्पन्न भइनसकेका कारण बनेको ठाउँमा समेत केही समस्या हुन सक्ने सम्भावना यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर ९१

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९१ हजार ५ सयमा