दुई वटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

जनकपुरधाम, ५ साउन । सर्लाहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

प्रहरीका अनुसार बरहथवाबाट नयाँ रोडतर्फ जाँदै गरेको बिआर ३० आर १७४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.३८ प. ८०७४ नम्बरको मोटरसाइकल बरहथवा नगरपालिका ६ मा ठक्कर खादा बीआर ३० आर १७४८ नम्बरको मोटरसाइकलका चालक बरहथवा नगरपालिका ५ बस्ने २३ वर्षीय विवेक साहको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगञ्जतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको हो । सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २१ वर्षीय आस महम्द, बा. ३८ प. ८०७४ नम्बरको मोटरसाइकल चालक बसवरिया गाउँपालिका ३ भवानीपुर बस्ने ३१ वर्षीय नवलाल साह र पछाडि सवार सोही ठाउँका ४८ वर्षीय रामसुधिर साह घाइते भएका छन् ।

घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको र ठोक्किएका दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर ९१

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९१ हजार ५ सयमा