मुख्यमन्त्री पोखरेलद्वारा नेकपाका शिर्ष नेतृत्वलाई गम्भिर प्रश्न

shankar-pokharel

काठमाडौँ, ५ साउन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शिर्ष नेतृत्वलाई यो वा त्यो वहानामा महाधिवेशनबाट पन्छिन खोज्नु उचित नभएको बताउनुभएको छ ।

पार्टीको स्थायी कमिटीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजिनामा मागिएसँगै पार्टी भित्र भएको आन्तरिक विवाद चुलिदै गएको समयमा उहाँले एकताको महाधिवेशन गरी नेतृत्व हस्तान्तरणको कुरालाई विशेष रुपमा जोड दिनुभएको हो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकताका सवालमा दुई वर्षभित्रमा एकताको महाधिवेशन गर्ने भनि भएको सम्झौतालाई तीन वर्षसम्ममा पनि महाधिवेशनमा जाने कुराबाट पन्छिनु पार्टीको लागि उचित नभएको स्थायी कमिटी सदस्य समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उहाँले भन्नुभएको छ, ‘पार्टी एकता गर्दा २ वर्षमै एकता महाधिवेश गर्छौ भन्ने नेताहरु ३ वर्ष भित्रै महाधिवेशन गरौ भन्दा सकिदैन भनेर पन्छिन खोज्नु उचित हो र ?’

पार्टी अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको छलफलमा प्रधानमन्त्री ओलीले मंसिरसम्ममा एकताको महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो । तर मंसिरमा पार्टीको महाधिवेशन गर्न नसकिने भनि अध्यक्ष प्रचण्ड तर्किने प्रयास गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डडेल्धुरा, ११ मंसिर । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ खैरोडामा एक महिलामाथि सामूहक बलात्कार भएको छ । बुधबार राति स्थानीय ३० वर्षकी

नवलपरासी पूर्व, ११ मंसिर । मध्यबिन्दु नगरपालिका-८ भागडा बस्ने तिलकराम योगी थारुको घरमा कौडा खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ

दाङ, ११ मंसिर । दाङमा गोली लागेको अवस्थामा एक पुरुष वेवारिसे अवस्थामा फेला परेका छन् । बुधबार राति साढे १०

काठमाडौँ, ११ मंसिर । सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका