ओलीको प्रस्तावले प्रचण्ड संकटमा

काठमाडौँ, ५ साउन । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमै पार्टीको महाधिवेशन गर्ने प्रस्ताव अगाडि सारेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संकटमा पर्नुभएको छ ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने अडान लिँदै आउनुभएका प्रचण्डले महाधिवेशन गर्ने प्रस्तावप्रति नरम भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल सशंकित बन्नुभएको छ ।

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विषयबाट शुरु भएको नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा महाधिवेशन गर्ने ओलीको प्रस्ताव सकारात्मक भएको बताइएको थियो ।

तर, आइतबार प्रचण्डले आगामी मंसिरमा अध्यक्ष केपीहर्मा ओलीदे महाधिवेशनको प्रस्ताव गरे पनि त्यसमा आफ्नो कुनै समर्थन नरहेको बताउनुभएको छ । प्रचण्डले ओली र आफ्नो बीचमा कुनै सहमति नरहेको आइतबार प्रचण्ड निवास खुमलटारमा सचिवालयका ४ सदस्य र केही स्थायी समितिका सदस्यको भेलामा बताउनुभएको हो ।

प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने– ‘ओलीजी र मेरोबीच कुनै सहमति भएको थिएन, यसमा मेरो सहमति छैन । यो कार्यान्वयन पनि सम्भव छैन ।’ तर शनिबारको सचिवालय बैठकमा ओली र प्रचण्डबीच मंसिरमा महाधिवेशन गर्ने समझदारी भएको बताइएको छ । ओली प्रचण्डबीच भएको समझदारीको वरिष्ठ नेता माधवकुमार नेपालले चर्को आलोचना गर्नुभएको थियो ।

पछिल्लो समयमा प्रचण्डलाई साथ दिँदै आउनुभएका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रचण्डले ओलीसँग कुनै समीकरण नबनेको कुरा स्पष्टीकरण दिनुभएको छ । ओलीको प्रस्तावमा प्रचण्डको पनि सहमति रहेको र दुवै जनाको सहमतिमा नै यो प्रस्ताव आएको भन्दै नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले आपत्ति प्रकट गरेपछि प्रचण्डले निवासमै बोलाएर स्पष्टीकरण दिनुभएको हो । खुमलटारमा भएको भेलाले अब स्थायी कमिटीको बैठक कुनै पनि बहानामा रोक्न नहुने निष्कर्ष निकालेको छ । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० मंसिर । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारले महिलाविरुद्ध हुने सबै हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन् ।

काठमाडौँ, १० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख

काठमाडौँ, १० मंसिर । कोरोना भाइरसका कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ