देशभर झरी : सतर्कता अपनाउन मौसमविदको आग्रह

काठमाडौँ, ५ साउन । हाल देशभर रातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर बाढी, पहिरो र डुबानको जोखिम बढाएको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ । मौसमविदका अनुसार न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले साउन ९ गतेसम्मै वर्षाको सम्भावना छ । बाढी सूचना केन्द्रले सोमबार बिहान चार बजे जारी गरेको सूचना अनुसार हाल बारा, पर्सा, रौतहटका धेरै स्थानमा भारी वर्षा भएको छ ।

थप वर्षा हुने सम्भावना रहेकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ । त्यसैले नदी किनार र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्मै सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

 महाशाखाका अनुसार ​ मुख्यगरी प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएको छ । ठूलो पानी पर्ने ठाउँमा बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन समेत महाशाखाले अनुरोध गरेको छ । अहिले प्रदेश २ का बारा, पर्सा र रौतहटका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ भने थप वर्षा हुने भएकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नवलपरासीका अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । त्यस्तै डडेलधुरा रंघुनको महाकाली दोभानसम्म बाढीको सम्भावना छ ।

काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मध्यम वर्षा भैरहेको छ । विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतका नदीमा बहाव सतर्कता नजिक छ । बाढी पूर्वानुमान महाशाखाले नदी किनार र डुबान भईरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।