कालिकोटमा पहिरो जाँदा एक जनाको मृत्यु

कालिकोट, ४ साउन । पचालझरना गाउँपालिका–३ को खाँदुमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

स्थानीय जङ्गलमा काठ चिरानी गर्न गएका ४६ वर्षीय ध्वजवीर कठायतको पहिरोमा परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । कठायतसँगै काठ चिर्न गएका मुनि बस्नेत भने घाइते भएका छन ।

घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्