सरकारले चाहेमा बेबसाइटहरू जुनसुकै बेला बन्द गर्न सकिने

काठमाडौँ, ४ साउन  । इन्टरनेट सेवा प्रदायकले सरकारले चाहेको समयमा जुनसुकै बेबसाइट बन्द गर्नुपर्ने भएको छ ।

इन्टरनेट सेवा प्रदायकलाई यसअघि अश्लील बेबसाइट बन्द गर्न निर्देशन दिएको सरकारले अब जुनसुकै बेबसाइट पनि बन्द गर्न निर्देशन दिन सक्ने कानुनी व्यवस्थासहित नेपाल दूरसंचार प्राधिकरणले विनियमावली जारी गरेको छ ।

प्राधिकरणले संचालक समितिबाट स्वीकृत गराई सार्वजनिक गरेको इन्टरनेट (इमेलसहित) सेवा संचालनसम्बन्धी विनियमावली ०७७ मा सरकार र प्राधिकरणले चाहेको बेबसाइट बन्द गराउनुपर्ने सर्त राखेको हो ।

जानकारहरुका अनुसार यस्तो प्रावधान संविधान र कानुनविपरीत हो । सरकार र दूरसंचार प्राधिकरणलाई कुनै कानुनले यस्तो अधिकार नदिएको सूचना प्रविधि सम्बन्धी जानकार अधिबक्ता बाबुराम अर्यालले बताए । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

सिन्धुपाल्चोक, ७ वैशाख । दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीको धारावतीमा दुर्घटना

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक