नेकपा सचिवालय बैठक सकियो 

काठमाडौँ, ३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भर्खरै सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ३ बजेदेखि बसेको बैठक भर्खरै सकिएको हो । नेकपाभित्र देखिएको विवाद समाधान हुन नसक्दा लगातार बैठक बसिरहेका छन् ।

जनताले दिएको जनमतलाई सहमतिको आधारमा पार्टी र सरकार अघि बढ्ने विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमनत्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजिनामा दिने विषयमा छलफल भएको तर निश्कर्षमा भने पुग्न नसकेको समेत प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो । पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने गरी छलफल भएको जानकारी गराउँदै उहाँले जनताले दिएको जनादेश अनुसार नै काम गर्ने विषयमा छलफल केन्द्रीत भएको बताउनुभयो ।

सचिवालयको बैठकले भोली तीन बजे हुने स्थायी कमिटीको बैठक भने हुने बताउनुभयो । स्थायी कमिटीमा समेत प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजिनामा दिनुपर्ने विषयमा औपचारीक प्रस्ताव नै नआएकाले पार्टी तथा सरकारको विभिन्न कोणबाट छलफल जारी रहने बताउनुभयो । पार्टीमा भएको छलफलमा आएका विषयहरुलाई समेत सम्बोधन गर्ने गरी कुन तरिकाबाट अघि बढ्न सकिन्छ सो विषयमा समेत छलफल भएको बताउनुभयो । पार्टीका नेताले ल्याउनुभएको कुराहरुलाई प्रस्तावको रुपमा आएपछि मात्र सो विषयका बारेमा गहृकार्य हुने उल्लेख गर्नुभयो ।

आजको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक राख्ने बारेमा कुनै निर्णय नभएको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको

काठमाडौँ, २ असार । सरकारले विपद् प्रतिकार्य योजना सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको

काठमाडौँ, २ असार । जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । पार्टीभित्र आन्तरिक विवाद

काठमाडौँ, २ असार । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा