सुनसरीमा फेरि गोली चल्यो

सुनसरी, ३ साउन । सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरिनगर गाउँपालिका– ७ जटबरामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर हरिनगर–७ सुकुम्बासी टोलका सहजब जट गम्भीर घाइते भएका हुन ।

पेटमा गोली लागेर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । शुक्रबार राति भारतबाट आउँदै गरेको समूहलाई सशस्त्र प्रहरीले सोधपुछ गर्दा बाँस र ढुंगाले आक्रमण भएको थियो । सीमा सुरक्षामा खटिएका प्रहरी जवान जीवराम विशंखेमाथि तस्करको समूहले आक्रमण गर्दै हतियार खोस्न खोजेपछि गोली चलेको प्रहरीको भनाइ छ ।

सुनसरीमा यो लगातर दोस्रो गोली चलेको घटना हो । बिहीबार राति करिब ११ बजे सुनसरीको देवानगञ्ज गाउँपालिका–३ पानीटंकीमा नेपाल प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बागलुङ, ७ वैशाख । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४, खाडचौरका ३५ वर्षीय

काठमाडौँ, ७ वैशाख । चैत महिनामा ७० हजार भन्दा बढी नेपालीहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

काठमाडौँ, ७ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै