कार र ट्रक ठोक्किँदा ६ जना घाइते

बुटवल, ३ साउन । रुपन्देहीको देवदहस्थित बुटवल खैरेनी सडकखन्ड पुर्व जंगल क्षेत्रमा कार र मिनि ट्रक एक आपसमा ठोक्किदा ६ जना घाइते भएका छन् ।

शनिबार बिहान ६ बजे वीरगन्जबाट बुटवलतर्फ आउँदै गरेको ना ७ ख ४९४७ नम्बरको आईचर ट्रक र बैतडीबाट काठमाडौँतर्फ जाँदै गरेको बा १७ च २२१७ नम्बरको कार एक-आपसमा ठोक्किँदा कार चालक डम्बरसिँह बिस्टसहित अन्य ६ जना घाइते भएका हुन् ।

घाइतेहरुको उपचारका लागि देवदहस्थिति देवदह मेडिकल कलेजमा लगिएको र उनीहरू सबै खतरामुक्त नै रहेको देवदह मेडिकल कलेजले जनाएको छ ।

तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ मंसिर । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) मार्फत ग्राहक महानुभावहरूले आफै मुद्दती खाता खोल्न

काठमाडौँ, १७ मंसिर । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले रु ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ । आज  केन्द्रीय बैंकले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate