परिवर्तनशील आवाज साप्ताहिक पत्रिका १३ वर्षमा प्रवेश

भक्तपुर ३ साउन । राम चन्द्र प्रजापति । स्वतन्त्रता,निश्पक्षता र व्यावसायिक पत्रकारीताका लागि परिवर्तनशील आवाज भन्ने उदघोषका साथ परिवर्तनशील आवाज साप्ताहिक पत्रिकाको १२ बर्ष पूरा गरि १३ बर्ष प्रवेश भएको अवसरमा सम्पादक कृष्ण प्रजापतिको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य एवं प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाईंले पत्रिका प्रकाशन गर्न निकै कठिन छ । त्यसलाई निरन्तरता दिनु अझ कठिन रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले धेरै अनलाइन आइसकेको अवस्थामा पत्रिका निकल्नु समाचार पुरानो भएको पठकलाई लागेको हुन्छ तर पत्रिकामा प्रकाशि हुनु भनेको इतिहासमा रेकर्ड रहनु हो ।’ परिवर्तनशील आवाज साप्ताहिकले हरेक स्थनिय तहमा सुचना सत्य तथ्थ जानकारी लिन परिवर्तनशील आवाजको हेल्प डेक्स राख्न सुझाव दिनु भयो ।

१२ बर्षमा खोलो फर्किन्छ भन्ने झै पत्रिकाको १२ बर्ष पूरा भएको अवसरमा बधाई तथा सत्य तथ्थ सूचना प्रकाशित गरि आम नागरिकलाई सुसूचित गर्नु सकोस् भनी सफलताको शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा सल्लाहकार प्रविणराज जोशी, प्रकाशक सह सम्पादक राम चन्द्र प्रजापति रविन्सन प्रजापति, सिताराम माक, राजेन्द्र प्याठ लगाएतले पत्रिकाको आगामी दिन अझ राम्रोसँग प्रकाशन गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर ९१

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९१ हजार ५ सयमा