सर्वोच्चको आश्चर्यजनक निर्णय : ज्यानमुद्दाका आरोपीलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ, ३ साउन । सवारी ज्यान मुद्दामा थुनामा रहेका एक व्यक्तिलाई सर्वोच्च अदालतले ‘आश्चर्यजनक रुपमा’ ५ लाख रुपैयाँ धरौटीमा छाडेको छ ।

बिनालाइसेन्स, अत्यधिक मदिरा सेवन गरेका चालकले चलाएको गाडीको ठक्करबाट बुढानिलकण्ठमा लीला देवकोटाको मृत्यु भएको थियो । त्यही घटनासँग जोडिएको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माको इजलासले आरोपित पृथ्वी मल्ललाई धरौटीमा छाड्ने आदेश गरेको हो । गत बुधबारको आदेश शुक्रबारमात्रै सार्वजनिक भएको हो ।

विवादास्पद आरोपितलाई छाड्ने क्रममा सर्वोच्च अदालतले उनको मानसिक समस्या र दमको बिरामी भएको दाबीलाई आधार लिएको छ । ती दुवै दाबी घटनापछिका हुन् ।

अस्पतालबाट पेस भएका कागजातको सत्यता समेत परीक्षण नगरी सर्वोच्च अदालतले मल्ललाई धरौटीमा छाडेको हो । ‘कोरोना भाइरस महामारीको अवस्थामा दमका बिरामी उच्च जोखिममा रहेको’ आदेशमा भनिएको छ, ‘हाल उनी भागी जाने वा प्रमाण लोप गर्ने अवस्थामा समेत नदेखिँदा ५ लाख रुपैयाँ धरौटीमा छाड्नु ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर ९१

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९१ हजार ५ सयमा