आज कहाँ कहाँ भेटिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, २ साउन । छिल्लो २५ घण्टामा थप १०१ जनामा कोरोना भाइरस -कोभिड (१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै लमजुङमा २२ जना संक्रमित थपिएका छन् । यस्तै रोल्पाका १३, बर्दियाका १०, रौतहट र धनुषाका ८/८ जना, तनहुँका ७, दाङका ५ तथा नवलपुर र बाराका ३/३ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

झापा, मोरङ, पर्सा, नुवाकोट र भक्तपुरका २-२ जना तथा सप्तरी, मकवानपुर, सिन्धुली, काभ्रे, काठमाडौं, पाल्पा, रुपन्देही, सल्यान, रुकुम पश्चिम, डडेलधुरा, बझाङ र डोटीका एकएक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । उनीहरुमध्ये ४० जनाको निधन भएको छ भने ११ हजार ५३४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८५ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट

काठमाडौँ, ९ मंसिर । प्रभु बैंक लिमिटेडले ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि. मा खाता खोली कारोबार

काठमाडौँ, ९ मंसिर । एनआईसी एसिया बैंकको आजसम्म सेयर खरिद गर्नेले लाभांश पाउने भएका छन् । अर्थात २० प्रतिशत लाभांश सुरक्षित

काठमाडौँ, ९ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य घटेर ९२