काठमाडौँ, २ साउन । लमजुङको एक क्वारेन्टाइनमा एक्लै बसेका युवकको मृत्यु भएको छ ।
लमजुङ प्रहरीका अनुसार क्व्होलासोथार गाउँपालिका वडा–९ गिलुङमा रहेको बुद्धोदय मावि क्वारेन्टाइनमा बसेका २३ वर्षीय युवक मृत अवस्थामा भेटिएको हो ।
क्व्होलासोंथर गाउँपालिका–६ का युवराज घर्ती बुटवलबाट गाउँ गएर विहिबार मात्रै क्वारेन्टाइनमा एक्लै बसेका थिए । प्रहरीका अनुसार विहिबारराति झुण्डिएको अवस्थामा फेला परेका हुन् । आत्महत्या गरेका आशंका प्रहरीको छ ।