लाखौं रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ, २ साउन । लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

झापा, बारा, पर्सा, सर्लाही लगायतका जिल्लाका व्यक्तिलाई विभिन्न बहानामा ठगी गरेको अभियोगमा महानगरीय अपराध अनुसन्धान महाशाखाले झापाको दमक–७, कृष्ण मन्दिरका २९ वर्षीय चन्दन जिन्दललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई भक्तपुरको गठ्ठाघर क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । उनले आफूलाई मनिष अग्रवाल भनेर २२ जना व्यक्तिबाट ७ करोड ८१ लाख ४२ हजार रुपैयाँ लगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । मकवानपुरमा १४ र बारा १० जना गरी २४ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरमामा ३ लाख

कास्की, १२ मंसिर । आफ्नै १३ वर्षीया छोरीलाई करणी गर्ने बुबालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका

चितवन, १२ मंसिर । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी

महोत्तरी, १२ मंसिर । जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ ।  मनरासिस्वा नगरपालिका–१