नेकपा स्थायी समिति बैठक चार गतेसम्मका लागि स्थगित

काठमाडौँ, २ साउन । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी समिति बैठक फेरि स्थगित भएको छ । आज ११ बजेका लागि बोलाएर दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठक फेरि साउन ४ अर्थात आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए । नेकपाभित्रको विवाद कायमै रहेको र सहमतिका लागि थप समय आवश्यक भएकाले बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् । नेकपाका अधिकांश् स्थायी समिति सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।

आजै ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । उनीहरुबीच केन्द्रीय समिति बैठक कहिले बोलाउने भन्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर ९१

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९१ हजार ५ सयमा