गाडीको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

नवलपरासी, २ साउन । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा गएराति गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका –२ मा पर्ने सडकखण्डमा ना ३५ प ३७७३ नम्बरको मोटरसाइकललाई बा १६ च ५०६७ नम्बरको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक विनयी त्रिवेणी –४, बस्ने ४८ वर्षीय रेशम गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा विनयी त्रिवेणी –५, बस्ने २२ वर्षीया उर्मिला गाहा गम्भीर घाइते भएको र  उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा