अमेरिकामा एकै दिन ६८ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि

एजेन्सी, २ साउन । अमेरिकामा एकै दिन ६८ हजार ४२८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । यसैगरी गत २४ घण्टामा अमेरिकामा ९७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हाल अमेरिकामा कोरोना संक्रमितको संख्या ३५ लाख ६३ हजार ८ सय ४८ पुगेको छ । यसैगरी मृतकको संख्या १ लाख ३८ हजार २६७ छ ।

अमेरिकामा सबैभन्दा धेरै संक्रमित लसएन्जलसमा छन् । लसएन्जलसमा १ लाख ४३ हजार २ सय ७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ मंसिर । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ ।

काठमाडौँ, ८ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै ९४

काठमाडौँ, ८ मंसिर । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर

काठमाडौँ, ८ मंसिर । नेपाल राष्ट्र बैंकले आज सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको