प्रचण्ड र नेपाललाई ओलीको जवाफ-‘प्रधानमन्त्रीको कुरै नगर्नुस्, म विकल्पको ‘वि’ पनि सुन्‍न चाहन्‍न’

काठमाडौँ, २ साउन । पार्टीभित्रको विवाद सुल्झाउने र शुक्रबार स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउने प्रयासमा बिहीबार नेकपा तीन शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई घन्टा बढी छलफलमा दाहाल र नेपालले प्रधानमन्त्रीबाट राजीनमा दिन ओलीलाई आग्रह गरे ।

नेता नेपाल निकट एक नेताका अनुसार सुरुमा दाहालले ओलीलाई प्रधानमन्त्री छाड्न प्रस्ताव गरेका थिए । ‘प्रधानमन्त्रीको विकल्पको चर्चा नगर्नुस् । छिटै महाधिवेशन गरेर पार्टी अध्यक्षसम्मको चर्चा गर्नुस् । यो ५ वर्ष प्रधानमन्त्रीको कुरै नगर्नुस् । म विकल्पको ‘वि’ पनि सुन्‍न चाहन्‍न,’ ओलीले दाहाललाई जवाफ दिई हाले । त्यसपछि नेता नेपालले ओलीलाई भनेका थिए, ‘तपाईंले छोड्दिन पर्छ । तपाईंकै कारण पार्टी पनि बिग्रियो, सरकार पनि बिग्रियो । तपाईं कसैका कुरा नसुन्ने । यसरी हुँदैन ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक