विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ९१ हजार नाग्यो

एजेन्सी, २ साउन । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ५ लाख ९१ हजार ९३५ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ३९ लाख ३५ हजार ९३९ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ८२ लाख ६८ हजार १७९ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ४१ हजार ९५ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ७६ हजार ८२२ जना, बेलायतमा ४५ हजार ११९ जना, मेक्सिकोमा ३६ हजार ९०६ जना र इटालीमा ३५ हजार १७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ३६ लाख ९३ हजार ६९९ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा २० लाख १४ हजार ७३८ जना, भारतमा १० लाख ५ हजार ६३७ जना, रसियामा ७ लाख ५२ हजार ७९७ जना र पेरुमा ३ लाख ४१ हजार ५८६ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा अमेरिकामा १६ लाख ७५ हजार ३६० जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १३ लाख ६६ हजार ७७५ जना, भारतमा ६ लाख ३६ हजार ६०२, रसियामा ५ लाख ३१ हजार ६९२ र चिलीमा २ लाख ९५ हजार ३०१ जना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै नेपालमा संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या ११ हजार २ सय ४९ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन घटेर प्रतितोला ९०

काठमाडौँ, १४ मंसिर । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । xchange Rate

काठमाडौँ, १३ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१

काठमाडौँ, १३ मंसिर । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate