खोलामा डुबेर एक बालकको मृत्यु

झापा, १ साउन । झापामा खोलामा डुबेर एक तीन वर्षीय बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बस्‍ने प्रवीन मुर्मुका ३ वर्षीय छोरा ऋषि मुर्मुको खोलामा डुबेर मृत्यु भएको हो ।

बिहीबार घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा आफन्तले फेला पारी तत्काल उद्धार गरी उपचारको लागि उनलाई बी.एन्ड.सी अस्पताल बिर्तामोड लगेका थिए । तर, अस्पताल पुर्‍याउनासाथ बालकको मृत्यु भएको थियो ।

उक्त घटनाबारेथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । मकवानपुरमा १४ र बारा १० जना गरी २४ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरमामा ३ लाख

काठमाडौँ, १२ मंसिर । चितवन २ जना, मोरङको २ जना र रुपन्देहीको १ जना गरी ५ जना कोरोना संक्रमितको मृत्यु

चितवन, १२ मंसिर । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी

महोत्तरी, १२ मंसिर । जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ ।  मनरासिस्वा नगरपालिका–१