जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

दाङ, १ साउन । दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

आज बिहान घोराही उपमहानगरपालिका ३, मसोट खोलामा रा.१च ९६२ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार तुलसीपुर उपमहानगरपालिका १५ का १६ वर्षीय पदम वलीको मृत्यु भएको हो । उनको उपचारका क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ ।

यस्तै, घाइते हुनेमा सोही वडाका जिप चालक ३८ वर्षीय भीमबहादुर वली, २६ वर्षीय देवराज वली, १७ वर्षीय विशाल वली र  २४ वर्षीय गोपाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते चारैजनाको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा विभिन्न प्रतिवेदनहरू पेश भएका छन् ।  ललितपुरको गोदावरीस्थित सनराइज

काठमाडौँ, ८ वैशाख । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्ने

काठमाडौँ, ७ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका

चितवन, ७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका